दफा १९५
लापरवाहीपूर्ण काम गरी वा हेलचत्र्याई गरी कुटपिट गर्न वा अङ्गभङ्ग वा अन्य चोट पुर्याउननहुने

(१) कसैले लापरवाहीपूर्ण काम गरी वा हेलचक्य्राइँ गरी कसैलाई कुटपिट गर्न, अङ्गभङ्ग गर्न वा अन्य चोट पुर्याउनहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः—
(क) लापरवाहीपूर्ण काम गरी अङ्गभङ्ग भएकोमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवैसजाय र अन्य किसिमको चोट पुगेको रहेछ भने एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँँसम्म जरिबाना वा दुवैसजाय,
(ख) हेलचक्य्राइँ गरी त्यस्तो कसूर गरेको रहेछ भने छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबानावा दुवै सजाय ।